दफा ५
विवरण दाखिल गराउने महानिर्देशकको अधिकार
महानिर्देशकले आफैँ वा अरु कुनै अधिकृतद्वारा कुनै व्यक्ति छेउ लिखित सूचना पठाई तोकिएको कुरा सम्बन्धी तोकिएको खवर, लगत र तथ्याङ्कको तोकिएको ढाँचाको विवरण तोकिएको समयमा आफू छेउ दाखिल गर्न त्यस्तो व्यक्तिलाई आदेश गर्न सक्छ।